Saturday, August 13, 2011

Breaking hot news about cigarette taker

चुरोत खानेलाई होइन, बनाउने लाई सरकारले बन्द गर्नु पर्छ
जुन देशमा आधारभुत आबश्यकताहरुको पुरा भएको छैन, जनताको नागरिक हक अधिकारको कुनै निर्क्यौल छैन,
खानको लागी पानी छैन, बिजुलि छैन, आफ्नो सम्पतिको कुनै सुरक्षा छैन, छोटोमा भन्दा जुन देशमा "सम्बिधान" नै बनेको छैन तेस्तो देशमा बिकसित देशमा समेत बहसको बिषय बनेका नियमहरु बनाएर २१सौ सताब्दीको प्रजातन्त्रको अभ्यास गर्न खोज्नु 'बाँदरले Eye Shadow' लगाएर make up गरेको जस्तो मात्र देखिन्छ

जनताको स्वास्थको लागी चिन्ता गर्नु पुँजीबादि देशको सरकार को काम होइन, नेपाल capitalist हो या socialist हो, यो पनि निर्क्यौल छैन तर नियम कानुन हरु ब्यर्थमा बनायिन्छन जस्को कार्यान्वयन गर्न न सरकार सङ्ग पैसा छ न जनसक्ति छ।
सत्य:
१ । चुरोट खानु स्वास्थको लागी नराम्रो हो।
२ । चुरोट, तेस्तै अरु लागु पदार्थ खान पाउनु जनताको अधिकार हो। कुन राम्रो , कुन नराम्रो को ज्ञानहुनु जनताको दायित्व हो, सरकार को होइन।
३ । समाजमा, सार्बजनिक ठाँउमा के गर्नु हुन्छ के गर्नु हुदैन भनेर नियम बनाउनु पर्नु भनेको त्यो समाजको सभ्यताको बेईजत हुनु हो। जनताले आफ्नै सोच , बुद्धि बिबेकले यस्ता मान्यताहरु को पहल हुनु पर्छ।
यस अर्थमा, जनतालाई सिक्षित बनाउन आबश्यक बिध्यालय र अन्य कुराहरु को उपलब्ध गराउनु मात्र सरकारको दायित्व हो।

यो नियमलाई कार्यान्वयन गराउने हो भने, के अब देखि भट्टिमा चुरोट खान नपाउने हो त? काठमाडौ लगाएत अन्य सहरहरुमा चालु Bar, Resturants अनि night clubहरुमा चुरोट खान नपाइने हो त?
सत्य:
१ । कुनै पनि भट्टि, बार, रेस्तुरा अनि डिस्को क्लबको साहुको यो अधिकार हुनु पर्छ कि तेस ठाँउमा चुरोट खान दिने हो या होइन, यो सरकारको काम होइन जब कि सरकारले यस्ता कुरा को उत्पादन अनि बेच बेखनमा कुनै रोक तोक लगाएको छैन!
एउटा साहुले चुरोट खाने दिने भन्न सक्छ अर्को ले smoke free भन्न सक्छ।
२ । सर्ब साधरण जनताको यो अधिकार छ र हुनु पर्छ कि यदि उस्ले चुरोट खादैन भने, चुरोट खाने पाउने ठाँउमा जाने हो या नजाने हो, यस्को निर्णय उस्ले गर्न पाउनु पर्छ।
बिदेशको नक्कल गर्नै भन्दैमा, देसको रास्त्रिय गाना, जनावर, रङ्ग अनि झन्डालाई फेर्ने कुरा मा झगदा गरेर आई्नो अबधि-काल बढाउदै बस्न पल्केका यस्ता नेताहरुले २१सौ सताब्दिको सपना देखाउदै बिस्तारै नेपालिहरु माथि चाहिने र नचाहिने नियम लाददै communist country त बनाउने होइन?
स्मरण रहोस, प्राजातन्त भनेको जे पायो तेहि गर्न पाउनु होइन, तर, यो गर्न पाउछ, यो गर्न पाउदैन भन्ने कुराहरु को असिमित नियम हरु को सङ्कलन हो। प्रजातन्त्रको ठिक तरिकाले ऊपयोग र उपभोग भएन भने यो नै अर्को तानशाही ब्यबस्थाको उदारहण बन्न सक्छ

होस गर्नुहोस:
नेपाल जस्तो हिन्दु रास्त्रमा छिट्टै बलि चढाउन नपाउइने भन्ने नियम बन्दैछ। मान्छेको अधिकार को रखवालि दिन नसक्ने सरकार ले जन्तुको हक अधिकारको कुरालाई अगाडि लेराएर, बिदेशीको नक्कल गरेर, बिदैसका high command लाई फकाएर पैसा भित्र्याउन के मात्र गर्ने हो यस्ता सरकार र नेताहरुको mafia ले?

No comments:

Post a Comment